


विराटनगर, २० असार । साढे दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार शंकर खरेल रोटरीको अवार्डबाट सम्मानित भएका छन् । सामाजिक कार्यमा सक्रिय रहेको महिलाहरूको संस्था रोटरी क्लब अफ विराटनगर डाउन टाउनले यस वर्षको अवार्ड खरेललाई प्रदान गरेको हो ।
विराटनगरबाट प्रकाशित हुँदै आएको न्यू सृष्टि दैनिकका प्रकाशक÷प्रधानसम्पादकसमेत रहेका खरेल साहित्य क्षेत्रमा समेत सक्रिय छन् । रोटरी क्लव अफ विराटनगर डाउन टाउनकी अध्यक्ष अर्चना शर्माले खरेललाई अवार्ड प्रदान गरेकी थिइन् । खरेलले नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको अध्यक्ष शर्माले बताइन् ।
प्रकाशित मिति : २० असार २०७५, बुधबार २०:४१
