Breaking News

Radio Star

विराटनगर, १६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम छिट्टै लागू गर्ने बताएका छन् ।
विराटनगरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा परिषद् जिल्ला समिति र नेपाल युवा उद्यमी मञ्चले आयोजना गरेको युवा उद्यमशिलता र रोजगारीका अवसरहरू विषयक प्रदेश–१ स्तरीय अन्तरक्रियामा मन्त्री विष्टले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानका साथ अघि बढिरहेको सरकारले सामाजिक सुरक्षाअन्तर्गत नयाँ कार्यक्रमका रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउन लागेको जानकारी गराए । उले योगदानमा आधारित सामाजिक सुरक्षाको नामले ल्याउन लागिएको कार्यक्रम श्रमिक वर्गको हितमा रहेको दाबी गरे ।
उनले कुनै श्रमिक दुर्घटनामा परे कार्यक्रमअन्तर्गत उपचार गराउनुका साथै जुनसुकै कारणले रोजगार छाड्ने अवस्था आए ६ महिनासम्म पारिश्रमिकको न्यूनतम प्रतिशत उपलब्ध गराइने बताए । यस्ता अन्य थुप्रै सुविधाहरू समेटेर योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने तयारी गरिरहेको उनको भनाइ थियो । “सरकार योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने तयारीमा लागेको छ,” उनले भने, “यसबाट मजदुरलाई निकै फाइदा पुग्छ ।”
मन्त्री विष्टले बैंक खाताबाट पारिश्रमिक दिनुपर्ने नियमले हालै गरिएको श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सघाउ पुग्ने दाबी गरे । “अब रोजगारदाताले बैंक खाताबाटै पारिश्रमिक दिनुपर्छ,” उनले भने, “यसबाट सरकारले साउन १ गतेदेखि लागू गरेको मजदुरको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा बल पुग्छ ।”

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १९:२४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook