Breaking News

Radio Star

विराटनगर, २८ साउन । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७९ औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस मोरङले विचार गोष्ठी आयोजना गरेको छ ।
सोमबार पार्टी कार्यालय पोखरियामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्यालले संविधान निर्माणमा सुशील कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गरे । उनले भने, “सुशील’दाकै कारण मुलुकले संविधान प्राप्त गरेको हो । अहिले विभिन्न तत्वहरु संविधानलाई असफल बनाउने खेलमा लागेका छन् ।” उनले संविधानको सफल कार्यान्वयन भएमात्रै कोइरालाको आत्माले शान्ति पाउने बताए । कार्यक्रममा नेता अशोक कोइरालाले सुशील कोइरालाकै कारण मुलुकले संविधान पाएको दाबी गरे । “राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरु संविधान जारी नहोस् भन्ने पक्षमा थिए,” उनले भने, “चौतर्फी दबाब हुँदाहुँदै पनि सुशील’दाले संविधान घोषणा गरेरै छाड्नुभयो ।”
कार्यक्रममा कांग्रेस नेता दिलीप गच्छदार, गोपाल राजभण्डारी, सांसद शेखरचन्द्र थापा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङ कांग्रेसका उपसभापति तथा प्रदेश सांसद शिवनारायण सिंह, सचिव नागेश कोइरालालगायतले सुशील कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १४:३७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook