Breaking News

Radio Star

विराटनगर ७ भदौ । मोरङको सुनबर्सी नगरपालिका ७ स्थित कुडेलिमा बसोवास गर्दै आएका अनाथ ३ बालबालीकाले अविभावक भेटेका छन । स्वर्गीय फागुलाल राजबंशी र आमा संन्तोषी राजबंशीका तीन छोरा टुहुरा बनेपछि उनीहरुको पढाई खर्चको लागीे एक कांग्रेसी तयार भएर आएका हुन । तीनै अनाथको अभिभावकत्व लिन तरुण दल मोरङका कोषाध्यक्षय अनिल लक्ष्मी रिजाल तयार भए । सेतो लामखुट्टेको टोकाईबाट बुबा आमा गुमाएका बालकहरु लाई बुधबार खाद्यान्न सामाग्री समेत उपलब्ध गराइएको थियो । रोटरी क्लव मिट टाउनका पुर्व सचिव समेत रहेका नेपाल तरुण दल मोरङका जिल्ला कोषाध्यक्ष रिजालले अनाथ भएका तीनैलाई एक्लो प्रयासमा ५० केजी चामल,आलु २० केजी ,५ केजी दाल,५ केजी नुन,१ कार्टुन स्याउ ,१० लिटर खाने तेल,ब्लाङकेट,खेलौना, लगायतका सामाग्री उपलब्ध गराए ।
रोटरी क्लव बिराटनगर अफ सेन्ट्रलकी अध्यक्ष मल्लिका रिजालले नगद ५ हजार र लत्ताकपडा उपलब्ध गराईन ।
रिजालले तीनै बालबालीकालाई कक्षा १० सम्म खान , लगाउन तथा पढन का लागि निशुल्क गरिदिने प्रतिवध्ता जनाए । कार्यक्रममा सेन्ट्रल का उपाध्यक्ष सृजना रिजाल, तरुण दलका अनिल थापा, र सुनबर्सी नगरपालिका मेयर कालीप्रसाद दासले पिडित अनाथ बालकहरुलाई नगद १० हजार ,सुनबर्सी कांग्रेस नगरसमितिले ३१ सय रुपैयाँ नगद समेत दिएकोे छ
। उनीहरु बस्दै आएको घरमा खानेपानीको टुवेल (कल) समेत तत्कालै जडान गरिदिने नगरपालिकाले प्रतिवद्धता जनाएको छ । अहिले उनीहरु एउटै कोठामा बस्दै आएका छन । घरमा सुत्न का लागि एउटा मात्र खाटिया छ । खाटिया अभावमा राती उनीहरु बाहिको वरन्डामा सुत्दै आएका छन ।

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १७:४३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook