Breaking News

Radio Star

विराटनगर, १० भदौ । भदौ २ गते विराटनगरस्थित विक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ५१ वर्षीय भट्टराईको हत्यामा संलग्न विराटनगर–४ जामुनगाछीका २६ वर्षीय सञ्जय सहनीलाई आइतबार प्रक्राउ गरेको हो । पसलमा रहेको सिसी टिभीको फुटेजका आधारमा सहनीलाई प्रक्राउ गरिएको एसपी मनोज केसीले जानकारी दिए । पक्राउ परेका सहनीलाई आइतबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । आपसी विवादका कारण भट्टराईको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भट्टराई भदौ ३ गते बिहान १० बजे हार्डवेयरभित्र मृत अवस्था भेटिएका थिए । १५ दिनको अवधिमा विराटनगरमा बम विस्फोट र दुईवटा हत्याका घटना भएपछि चौतर्फी प्रहरी प्रशासनको आलोचना हुँदै आएको थियो । नेपाली कांग्रेस मोरङले प्रशासनलाई ज्ञापनपत्र नै बुझाएको थियो ।
सहनीले सुरक्षा गार्ड भट्टराईलाई रड प्रहार गरेर हत्या गरेको जनाइएको छ । लागूपदार्थसमेत सेवन गर्ने सहनी ठेला चलाउँदै आएका थिए । हार्डवेयरमा पनि पटक–पटक सामान ओसार्न आउने गरेका थिए । घटनाको दिन चारपटक हार्डवेयरमा उनी आउजाउ गरेको सीसी टिभीको फुटेजमा देखिएको एसपी केसीले जानकारी दिए । सहनी विराटनगर–१५ रानी ढाटबाट पक्राउ परेका हुन् । “अहिलेसम्मको अनुसन्धानलाई हेर्दा आपसी विवादकै कारण हत्या भएको देखिन्छ,” एसपी केसीले भने, “कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका सहनी यसअघि पनि विभिन्न साना आपराधिक घटनामा संलग्न रहेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार १८:३२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook