Breaking News

Radio Star

विराटनगर, १० भदौ । न्यू अन्नपूर्ण स्पोर्ट्स क्लब जुबेलले आयोजना गरेको मैत्रीपूर्ण खुल्ला तेस्रो संस्करणको फुटबल प्रतियोगिताको उपाधि लिम्बुवान् वी ले उचालेको छ भने दोस्रो उपाधि किरात राई यायोख्खाले प्राप्त गरेको छ ।
प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेताले क्रमशः ३९५० साउदी रियाल, शिल्ड, मेडल प्रमाणपत्र तथा २६६० साउदी रियाल, शिल्ड र मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । २०१६ बाट आयोजना गर्दै आएको अन्नपूर्ण गोल्डकप प्रतियोगिताको तेस्रो संस्कारणको खेल आयोजकले सफलतापूर्वक सम्पन्न गरेको हो ।
खेलमा लिम्बुवान् वी का अनिल चौधरीले उकृत्ष्ट खेलाडीको उपाधि जित्न सफल भएका छन् भने लिम्बुवान् बी कै अनिल चौधरी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन् ।
खेलमा उत्कृष्ट मिड फिल्ड्, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फर्वाड, उत्कृष्ट डिफेन्स र प्रतियोगिताका उच्च गोलकर्तालाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेलका रेफ्री तथा सह रेफ्रीहरू, स्वयम्सेवकलगायतलाई प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतका अतिथिको सहभागिता रहेको थियो साउदीमा कार्यरत सामाजिक क्षेत्रमा समेत सक्रिय विराटनगर युवा नवराज काफ्लेले जानकारी दिए ।
खेललाई न्यू अन्नपूर्ण नेपाली होटेल तथा सन अफ साल्लेह अल मग्लुथ कम्पनीले प्रायोजन गरेका थिए भने स्पोनसरमा हिमाल रेमिट, हिमालय एयारलाइन्स, चौधरी ग्रुप (वाइवाइ), राजेश सेन्दाङ (बरपिपल गेस्ट हाउस काठमान्डु), सेर अल इन्टर्नेस्नल स्कालफोल्डिङ कम्पनी, लिम्बुवान सामाजिक मञ्च दम्मामले गरेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार २०:४९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook