Breaking News

Radio Star

 

विराटनगर १६ असोज । समृद्ध विराटनगर बनाउने संकल्प र मार्ग चित्र कोरेर हिडेका विराटनगरका मेयर भीम पराजुलीले अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग सहयोगको माग गरेका छन ।
एक साता अघि अमेरिका भ्रमणमा निस्किएका मेयर पराजुलीले त्यहाँ बसोबास गर्ने नेपालीहरू भेटघाट गरेर त्यस्तो आग्रह गरेका हुन ।
पराजुलीले विराटनगरस्थित ऐतिहासिक तथा पौराणिक सम्पदा विराट राजाको दरबार निर्माणका लागि अमेरिकामा बसोवास गर्दे आएका नेपाली संग सहयोगका लागि अपिल गरे ।
अमेरिकाको भर्जिनियास्थित स्प्रिंगफिल्ड शहरमा आयोजित एक कार्यक्रममा मेयर पराजुलीले त्यस क्षेत्रमा बसोबास गरिरहेका नेपाली समुदायसंगको भेटघाट तथा अन्र्तक्रियामा विराट राजाको दरबार विराटनगरको मूख्य आकर्षक तथा धार्मिक तथा पर्यटकिय स्थल बन्नेमा आफु आशावादी रहेको बताए । विराटनगर स्थित वार्ड नं १८ मा रहेको विराट राजाको दरवारसम्बन्धी जनविश्वास अनुसार महाभारत कालमा त्यस क्षेत्रमा पाण्डवहरू गुप्तवासका लागि आएका थिए । विराटराजाको भंग्नाबशेष दरबार क्षेत्रको आसपासमा आधा दर्जनभन्दा बढी पोखरीहरू पनि छन । किचकबध, गुहिया, र बहरवा नामका पोखरीहरु भने विराटराजाको दरवारसंग विशेष संबन्धित रहेको पाइन्छ ।
यस्तै अमेरिकाको बाल्टिमोरमा भएको मेयरहरुको सम्मेलनमा समेत विराटनगर महानगरको अवस्था र विकासका लागि गर्नसकिने कुराहरुका विषयमा आफ्ना अनुभवहरु आदानप्रदान गरेको मेयर पराजुलीले जानकारी दिए । उनले त्यहाँ स्थित नेपाल अमेरिका जनसंम्पर्क समिति संग समेत विराटनगरको विकासका विषयमा समेत छलफल गरेको बताए । विराटनगर वाड नं ३ घर भइ हाल अमेरिकामा बस्दै आएका सुशील रेग्मीले विराटनगरको विकासका लागि नेपाली १ लाख रुपैया दिने घोषणा गरे । विराटनगर बाट अमेरिकामा बसोबास गर्दे आएका अन्य नेपालीले समेत विराटनगरको विकासमा सहयोग गर्ने आश्वासन दिए ।

 

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार १७:२६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook