Breaking News

Radio Star

विराटनगर, असोज २३।  प्रदेशको नाम र स्थायी राजधानीबारे औपचारिक छलफलै सुरु नभई प्रदेश सभा १ को वर्षे अधिवेशन अन्त्य भएको छ । आज दिउँसो बसेको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले पढेर सुनाएपछि अधिवेशन अन्त्य भएको हो । । प्रदेश सभाका प्रवक्ता सहसचिव लोकप्रसाद भण्डारीका अनुसार हिउँदे अधिवेशन पुसमा मात्र आह्वान हुनेछ । प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतबाट टुंग्याउनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ सभाको पहिलो बैठक २२ माघ ०७४ मा बसेको थियो । २९ माघमा सभामुख र ३ फागुनमा उपसभामुखको चयन भएको थियो । सभाको पहिलो अधिवेशन २६ वैशाखमा अन्त्य भएको थियो । प्रदेश सभा गठन भएको ८ महिनापछि चाडपर्व मनाउन घर फर्कन लाग्दा सांसदहरूले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउन नसकेपनि आफुले लगाउने लोगो भने पाएका छन । सभामुख र उपसभामुखले हिमालमाथि राष्ट्रिय झण्डा तथा राष्ट्रिय फूल लालीगुराँस र धानको बालाअंकित लोगो हिजो वितरण गर्नु भएको हो ।

अधिवेशन अन्त्य हुनुअघिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले मिडियाले प्रदेशसभाको नाम र राजधानीबारे अनावश्यक उचाल्ने काम मात्र गरेको बताए ।   मुख्यमन्त्री  राईले प्रदेशसभाको रोष्टमबाटै पत्रकारको आलोचना गरेका छन् । प्रदेशको नाम र राजधानीबारे आएका समाचारहरुप्रति असन्तुष्टि जनाउँदै उनले पत्रकारले सपना देखेर समाचार लेख्ने गरेको, गैरव्यवसायिक र स्तरहीन चरित्र प्रदर्शन गरेको आरोप लगाएका हुन् ।करिव ४० मिनेट प्रदेशसभालाई सम्बोधन गरेका मुख्यमन्त्री राईले धेरै समय पत्रकारहरुको आलोचना गरे । पूर्वसञ्चारमन्त्री समेत रहेका राईले प्रदेशसभाको रोष्टमबाटै पत्रकारहरुलाई समचार लेख्ने विधि पनि सिकाउन भ्याए ।  ‘म मुख्यमन्त्रीमा नाम लेखाउन आएको होइन । प्रदेश बनाउन आएको हुँ’ उनले भने, ‘कलम चलाउँदा मर्यादित भएर, आफ्नो हैसियत ख्याल राख्न आग्रह गर्छु ।’ मुख्यमन्त्री राईले प्रदेशसभाको पहिलो अधिवेशनबाटै प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने तयारी गरिएको भए पनि हाललाई सर्वदलीय सहमतिमा थाती राखिएको बताए । प्रदेशसभाको दोस्रो अधिवेशन शुरुमै निर्णय हुने भन्दै उनले भने, ‘यसलाई उच्चतम सहमतिबाट टुंग्याउने पक्षमा सरकार छ ।’

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १४:१२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook