Breaking News

Radio Star

विराटनगर, ३ माघ । सर्वोच्च अदालतको नेतृत्व सम्हालेको केही साता पनि बित्न नपाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आक्रामक रुपमा प्रस्तुत भएका छन्।जबरा प्रधानन्यायाधीश नियुक्त भएपछि गठन भएको संयन्त्रले निगरानी गर्दा न्यायिक विचलन भेटिएपछि विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीश न्यायपरिषद सचिवालयमा तानिएका छन्। ३३ किलो सुनकाण्डमा पक्राउ परी मुद्दा खेपेका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिने ती न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको हो। सचिवालयमा तानिने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंह छन् । राणाले प्रधानन्यायाधीश भएको एक हप्तामै न्याय सम्पादनमा विचलन देखिएका उजुरी परेका न्यायाधीशहरुलाई धमाधम सरुवा गरेर उनले आक्रमक ‘एक्सन’ थालेका थिए। विभिन्न जिल्ला अदालतमा कार्यरत २० न्यायाधीशहरुलाई पहिलो चरणमा अनुसन्धान गर्ने तयारी न्याय परिषद्‌को सूक्ष्म निगरानी समितिले गरेको थियो।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार २०:०९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook