Breaking News

Radio Star

विराटनगर, १८ चैत । नेविसंघका नेता तथा कार्यकर्तामाथि अनेरास्ववियुका कार्यकर्ताले गरेको सांघातिक आक्रमणको विरोधमा सोमबार विराटचौकमा विरोध प्रदर्शन गरेको छ ।
सुकुना बहुमुखी क्याम्पसका प्रमुख र केही प्राध्यापकले लिएको दोहोरो सुविधाका विषयमा ज्ञापनपत्र बुझाउन जाँदा आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण गरेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । गत बुधबार भएको आक्रमणमा नेविसंघका आधा दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका थिए । दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले सत्ताको बलमा आफ्ना कार्यकर्तामाथि आक्रमण भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । उनले भने, “सत्ताको उन्माद नदेखाइयोस् । कांग्रेस २००७ सालदेखि लड्दै आएको पार्टी हो ।”
प्रदेशसभा सदस्य सुयर्माराज राइले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । दोहोरो सुविधा लिने प्राध्यापकलाई पनि कारबाही गर्न उनको माग छ । त्यस्तै अर्का सांसद लोकप्रसाद संग्रौलाले आक्रमणमा संलग्नलाई पक्राउ नगरे सडक संघर्षमा उत्रिने चेतावनी दिए । नेविसंघका निवर्तमान सहमहामन्त्री कृष्ण कार्कीले नेविसंघका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरे । आक्रमण गर्नेलाई सरकारले संरक्षण गरेको उनले आरोप लगाए ।
नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष राजीव ढुंगाना, कांग्रेस मोरङका पूर्वसचिव यदु विष्ट, शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौला, कांग्रेस क्षेत्रीय सभापति गणेश खड्का, नेविसंघ क्षेत्रीय सभापति होमनाथ पोखरेललगायतले आक्रमणकारीलाई पक्राउ गर्न माग गरे । उनहरुले क्याम्पसमा दोहोरो सुविधा लिने प्राध्यापकमाथि छानबिन गर्नुपर्ने मागसमेत गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार १७:१४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook