


श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा परेर भारतको कर्नाटक राज्यका जेडिएस पार्टीका ४ नेताहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा जेडिएसका लक्ष्मण गौडा, के एम लक्ष्मीनारायण, एम रानगप्पा र केजी हनुमनथारयप्पा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विष्फोटका घटनाहरुमा परेर सो पार्टीका ३ नेताहरु घाइते भएको समेत जनाइएको छ । बम विष्फोटको घटनामा सो पार्टीका अन्य ३ जना बेपता भएको समेत जनाइएको छ ।
जेडिएसका यी नेताहरु छुट्टी मनाउन श्रीलंका गएका थिए ।
प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार २०:१९
