Breaking News

Radio Star

विराटनगर, १२ बैशाख । बुद्ध एयरले आकस्मिक रुपमा २ उडान रद्द गरेपछि विराटनगर विमानस्थलमा केही छिन तनाव सिर्जना भएको छ।बिहिबार साँझ ६ बजेपछि मात्र आकस्मिक रुपमा बुद्धले २ उडान रद्द गरेपछि तनाव सिर्जना भएको हो। बिहिबार विराटनगरबाट काठमाडौं जानका लागि टिकट काटेका यात्रु विराटनगर विमानस्थल पुगेका थिए। तर बुद्धले आफूहरुलाई कुनै जानकारी नै नदिई उडान रद्द गरी आफूहरूलाई बिचल्लीमा पारेको भन्दै आक्रोश व्यक्त गरेका थिए। यसबीचमा एयरलाइन्सका कर्मचारी र यात्रुबीच भनाभन समेत भएको थियो। आक्रोशित यात्रुले आफूहरुलाई कि त घरमा पुर्याउनुपर्ने नत्र होटलमा बासको व्यवस्था गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। यसपछि बुद्धले घर जान चाहने यात्रुलाई गाडीको व्यवस्था र जान नचाहने यात्रुका लागि होटलको व्यवस्था गरेपछि तनाव साम्य भएको थियो।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार २२:५०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook