Breaking News

Radio Star

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन्। ५४३ लोकसभा सिटमध्ये मोदी नेतृत्वको भारतीय जनता पार्टीले तीन सय ४० भन्दा बढी सिटमा अग्रता ल्याएको र प्रधानमन्त्री मोदी विजयी भएकोमा ओलीले बधाई दिएका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार बिहीबार अपरान्ह ओली र मोदीबीच टेलिफोन वार्ता भएको हो। ‘प्रम ओलीले भारतीय प्रम मोदीजीलाई फोन गर्नुभयो। सम्पन्न आमनिर्वाचनमा प्राप्त सफलताको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो।’ निर्वाचन जितेसँगै मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ। यसअघि प्रधानमन्त्री ओलीले मोदीलाई ट्वीटरमार्फत् बधाई दिएका थिए। चुनावको नतिजा नआउँदै मोदीलाई बधाईको ओइरो आइरहेको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १८:१३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook