Breaking News

Radio Star

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले शानदार सुरुवात गरेको छ । उसले दक्षिण अफ्रिकालाई एक सय चार रनको अन्तरले पराजित गरेको हो । बेलायतस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो। कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले सम्हालेका थिए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा एक सय ६ रनको साझेदारी गरे । जसमा रोय ५४ रनमा आउट हुन पुगे ।

इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने इयोन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्कोट विच चौथो विकेटका लागि एक सय ६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउदा मोयन अलीले मात्र तीन रन जोडे । बेन स्टोकले ८९ रन बनाए । यस्तै चाल्र्स वोक्सले १३ रन थपे । बलिङमा इमरान ताहिरले २ र लुगंल नेगिडीले तीन विकेट हात पारे । प्रतियोगिताको उदघाटन राजकुमार हेरीले गरेका थिए ।

३ सय १२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा दुई सय सात रनमा अलआउट भयो । उसका लागि क्विन डी ककले ६८ तथा भान देर डुसेनले ५० रन बनाए । तर अरु खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमा नै हार ब्यहोर्यो । बलिङमा इंग्ल्याण्डका जोफ्रे आर्चरले तीन तथा बेन स्टोकले दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार ०७:३३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook