Breaking News

Radio Star

आईसीसी विश्वकप क्रिकेटमा वर्षाका कारण प्रभावित भएको भारत र न्युजिल्याण्डबीचको खेल आज हुने भएको छ । भारत र न्युजिल्याण्डबीचको सेमिफाइनल खेल ४६ दशमलव १ ओभरसम्म जारी रहँदा वर्षाले रोकिएको थियो । सोही खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट खेल शुरु गर्नेछ । म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा बर्षा भएपछि न्युजिल्याण्डको ईनिङ्स पुरा गर्न पाएन । खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । बर्षा नरोकिएपछि अम्पायरले बाँकी खेल रिजर्व डे अर्थात आज (बुधबार) हुने निर्णय गरेका थिए । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा रहेर ब्याटिङ गर्नेछ । विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ०८:२८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook