Breaking News

Radio Star

लन्डनको ऐतिहासिक लर्डस् मैदानमा विश्वले आइतबार क्रिकेटको नयाँ च्याम्पियन पाउनेछ। यो न्युजिल्यान्ड र इंग्ल्यान्डमध्ये कोही पनि हुनसक्छ। यी दुवै टोली आइसिसी विश्वकप क्रिकेट २०१९ को उपाधिका लागि खेल्दैछन्। न्युजिल्यान्ड ४ वर्षपछि फेरि फाइनलमा पुगेको हो भने इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको नजिक आइपुगेको छ। ४४ वर्षको इतिहासमा विश्वकप उचाल्ने उसको यो चोथो कोशिस हो। यही डरका कारण फेरि एकपटक कोशिस असफल नहोस् भन्नेमा सचेत छ इंग्ल्यान्ड। किनकी यसअघिका ३ वटा प्रयासले हावा खाइसकेका छन्। आइतबारको फाइनल खेल क्रिकेटको ‘मक्का’ मानिने लर्डस्‌को मैदानमा हुनेछ। सन् १९७९ मा माइक ब्रेयरलीको नेतृत्वमा यही मैदानमा पहिलोपल्ट फाइनल पुगेर इंग्लान्ड असफल भएको थियो। वेस्टइन्डिजले उसलाई ९२ रनले हराएर दोस्रो पटक विश्व च्याम्पयन बनेको थियो । इंग्ल्यान्डलई दोस्रो पटक विश्वकप जित्ने मौका १९८७ मा पनि मिलेको थियो। भारत र पाकिस्तानले संयुक्तरुपमा आयोजना गरेको खेलमा भारतलाई हराएर इग्ल्यान्ड फाइनलमा पुगेको थियो। तर, यसपटक पनि इंग्ल्यान्डको उपाधि जित्ने चाहनामा अष्ट्रेलिया बाधक बनिदियो। अष्ट्रेलिया ७ रनले विजयी भएको थियो।

इंग्ल्यान्ड तेस्रो पटक १९९२ मा पनि विश्वकपको फाइनलमा पुग्यो। तर, वर्तमान पाकिस्तानी प्रधानमन्त्री तथा पूर्व कप्तान इमरान खान नेतृत्वको पाकिस्तानी टिमले उसलाई वर्ल्डकप उचाल्नबाट रोक्यो। यसपल्ट इंग्ल्यान्ड च्याम्पियन बन्ने कुरामा अनेक तर्क गरिएको छ। पहिलो तर्क यस्तो छ की इंग्ल्यान्ड आयोजक देश हो। यसअघि २०११ मा भारतले विश्वकप जित्दा उ पनि आयोजक थियो भने २०१५ मा अष्ट्रेलियाले पनि आयोजक भएरै विश्वकप देश बाहिर जान दिएको थिएन।

प्रकाशित मिति : २९ असार २०७६, आईतवार १५:२६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook