Breaking News

Radio Star

इंग्ल्यान्डले १२ औं संस्करणको आईसीसी क्रिकेट विश्वकपको उपाधि उचाल्दै विश्वकपमा नयाँ इतिहास रचेको छ ।  पाँचौ पटक फाइनल खेलेको इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभरमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा विश्वकप क्रिकेटको उपाधि उचालेको हो । जीतसँगै इंग्ल्याण्डले पहिलो पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि चुमेको हो। लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १६ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जितेको हो । सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले । बटलर ५९ रनमा आउट भए । स्टोक्सले अविजित ८४ रन बनाए । न्युजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले ३/३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो । न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए । यस्तै टम लाथम ४७ रनमा आउट हुँदा कप्तान केन विलियम्सन ३० रनमा आउट भए । मार्टिन गुप्टिल र जेम्स निशमले १९/१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे । इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३/३ विकेट लिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार ०८:३०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook