Breaking News

Radio Star

आईसीसी क्रिकेट विश्वकपको १३ औं संस्करण भारतमा हुने भएको छ । आगामी संस्करण सन् २०२३ को ९ फेब्रअरीदेखि मार्च २६ सम्म आयोजना गर्ने गरि आईसीसीले मिति तय गरेको छ । चौथो पटक विश्वकप आयोजनाको जिम्मा पाएको भारतले यसअघिका तीन संस्करणमा पाकिस्तान, श्रीलंका र बंगलादेशसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको थियो । जसमा भारतले सन् १९८७ को विश्वकपमा पाकिस्तानसँग मिलेर आयोजना गरेको थियो भने १९९६ मा पाकिस्तान र श्रीलंकासँग मिलेर आयोजना गरेको थियो । यस्तै सन् २०११ मा बंगलादेश र श्रीलंकासँग संयुक्त रुपमा आयोजना गरेको थियो । आगामी विश्वकप भने पहिलो पटक भारतले एक्लै आयोजना गर्न लागेको छ । भारतले सन् १९८३ र २०११ मा विश्वकपको उपाधि उचालेको थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार १९:१८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook