Breaking News

Radio Star

संघीय संसदको राष्ट्रिय सभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संयुक्त रुपमा जरुरी महत्वको प्रस्ताव पेश गरेका छन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने साना दलसमेतको समर्थनमा नेकपा र कांग्रेसले बाढी तथा डुवानको संकट समाधानका लागि जरुरी महत्वको प्रस्ताव पेश गरेका हुन् । नेकपाका तर्फबाट खिमलाल भट्टराई, कांग्रेसका तर्फबाट बन्द्री पाण्डे र राजपका तर्फबाट बृषेशचन्द्र लालले संयुक्त रुपमा राष्ट्रिय सभामा जरुरी महत्वको प्रस्ताव पेश गरेका हुन् । जरुरी महत्वको प्रस्ताव पेश गर्दै सत्तारुढ दल नेकपाका सांसद भट्टराईले सत्तापक्ष र विपक्ष नभनी राष्ट्रिय संकटको मुद्दामा एक भएर उभिएको बताए । शुक्रबार दर्ता भएसँगै राष्ट्रिय सभामा बाढी तथा डुवानको संकट समाधानको जरुरी महत्वको प्रस्तावमाथि छलफल शुरु भएको छ । प्रस्तावमाथिको छलफल सकिएपछि गृहमन्त्री रामबहादुर थापा (बादल)ले उठेका प्रश्नको जवाफ दिनेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार १५:२८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook