Breaking News

Radio Star

होटल म्यानेजमेन्टमा प्लसटु सञ्चालन गर्दै आएको विद्यामूमि स्कुल (विभिएस) प्लस टुले  कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरेको छ । होटल म्यानेजमेन्टको अवसर र विद्यालयले दिने सेवा सुविधाका विषयमा एक सय ६० जना नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरेको हो । अभिमुखिकरण कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपेन भट्टराईले विद्यार्थीको मेहनत अनुसार उनीहरुले अवसर पाउने बताए । उनले अहिले होटल मेनेजमेन्ट पढेर आर्थिकरुपममा सवल हुनसक्ने बताए । त्यस्तै कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल केशव न्यौपाने, विभागिय प्रमुख तारा बस्नेतले होटल म्यानेजमेन्ट पढेर के गर्ने भन्ने विषयमा विद्यार्थीलाई अभिमुखिकरण गरे । विद्यालयका अध्यक्ष पराग ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नयाँ विद्यार्थीलाई गीत र नृत्यका माध्यमबाट स्वागत गर्दै मनोरञ्जन समेत दिलाए । विराटनगरको मुनाल पथमा रहेको विभिएसले विगत तीन वर्षदेखि होटल म्यानेजमेन्ट विषय पढाउँदै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १०:२७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook