Breaking News

Radio Star

उदयपुर जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् । शनिबार उदयपुर प्रदेश नं १ का प्रदेशसभा सदस्य, नेपाल रेडक्रस र बेलका नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा तपेस्वरी तथा आम्वासी क्षेत्रका दुई दर्जन बाढीपीडित घरपरिवारका लागि राहत वितरणकार्य सम्पन्न भएको छ । बेलका नगरपाकिाका अनुसार जिल्ला रेडक्रसको अगुवाइमा आम्वासी र तपेश्वरी क्षेत्रका बाढीपीडितका लागि चामल, तेल, दाल, चिनी चिया, भाँडाकुँडासहित झुल वितरण गरिएको छ । यस्तै बाढीपीडितका लागि लत्ताकपडा र ओढ्ने ओछ्याउने कपडासमेत व्यवस्था गरिएको बेलका नगपालिकाका मेयर दुर्गाकुमार थापाले बताए । बेलकाका बाढीपीडितमध्ये झण्डै सयाँै घरपरिवार घरबार विहीन हुन पुगेका कारण उनीहरुका लागि नगरपालिकाले बस्ने घरसमेत तत्कालै बनाउन पहल शुरु गरिसकेको नगरप्रमुख थापाले बताए । यस्तै तपेश्वरी क्षेत्रमा १० दिनअघि आएको बाढीले झण्डै ४०० हेक्टर क्षेत्रफलको धानबाली नष्ट बनाएका कारण बेलका नगरपालिकाले पुनः धान रोप्न धानको बीउसमेत उपलब्ध गराउन लागेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १२:२६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook