Breaking News

Radio Star

घुँडाको शल्यक्रिया गर्न आएका व्यक्तिको मृत्यु भएपछि विराटनगरको नोबेल मेडिकल कलेजमा नाराबाजी भएको छ । शुक्रबार घुँडाको शल्यक्रिया गर्न आएका विराटनगर– ४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका सुनसरीको दुहबी नगरपालिका– ६ का ५० वर्षका अनिलकुमार साहको  मृत्यु भएपछि अस्पतालमा नाराबाजी भएको हो । मोटरसाइकलको स्ट्याण्ड लगाउने क्रममा एकसाता अघि घरमा लडेका साहको दोब्रे खुट्टामा चोट लागेको थियो । खुट्टामा चोट लागेपछि नोबेल मेडिकल कजेल आएका उनलाई खुट्टामा ब्यान्डेज गरेर शुक्रबार थप जाँचका लागि आउन भनेर डाक्टरहरुले घर पठाएका थिए ।

आफन्तका अनुसार शुक्रबार अस्पताल भर्ना भएका उनलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भनिएको थियो । घुडाको सामान्य अप्रेशन गर्न आफन्तहरु तयार भए । तर अप्रेशनपछि वार्डमा नलगी उनलाई सघन उपचार कक्ष (आईसीयू)मा लगिएको र आफन्तलाई भेट्न नदिई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको आफन्तको दावी छ । घुँडाको सामान्य शल्यक्रियामा पनि चिकित्सकले लापरबाही गरेकाले बिरामीको मृत्यु भएको मृतकका भाई प्रदीप साहले बताए । उनका अनुसार घरबाट सामान्य अवस्थामा आएका अनिलको अप्रेशनपछि आईसीयूमा भर्ना गरिएको थियो । चिकित्सकले उपचारको क्रमममा लापारबाही गरेका उनीहरुलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तहरूले शव उठाउन मानेका छैनन् । शुक्रबार हाडजोर्नी विराटसन्देश तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीको टोलीले शल्यक्रिया गरेको थियो । उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेका छन् । नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले नभएको जिकिर गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा विरामीलाई ‘हटअट्याक्क’ भएको उनको भनाइ छ । विरामीलाई बचाउन तत्काल आईसीयूमा राखे पनि मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १९:५४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook