Breaking News

Radio Star

वर्षायामको सुरुवातमै ४ दिनसम्म देशभर अविरल वर्षा भयो। वर्षापछिको बाढी, पहिरो तथा डुवानका कारण ९० जनाको मृत्यु भयो। ह मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार हालसम्म ३ हजार ६ सय ६६ जनाको उद्दार गरिएको छ। २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते भएका थिए। लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण देशभरका जनता प्रभावित भए। पहाडी क्षेत्रमा जनको क्षति धेरै भएको छ भने तराईका जिल्लामा धनको क्षति धेरै हुन पुग्यो। विपत्तिले निम्त्याएको दुःखदायी परिस्थितिमा देश तथा विदेशबाट पनि नेपालीहरुले सहानुभूति प्रकट गरेकै छन्। कतिले शाब्दिक सहानुभूति प्रकट गरेका छन् भने कतिपयले भौतिक रुपमै राहत तथा उद्धारमा खटिएर मानवीय धर्म र सहानुभूति जताइ रहेका छन्। राजनीतिक तहबाट प्रकट भएका सहानुभूतिमा विशेष गरि कांग्रेस सभापति शेरबहादुर देउवाको व्यवहार अर्थपूर्ण छ। देउवा बाढी डुबानले बढी ग्रसित तराई-मधेसका जिल्लाको दौडाहामा छन्। यसको सुरुवात उनले ३० असारमा विज्ञप्ति निकालेर गरेका थिए। जतिबेला अविरल वर्षा रोकिएको थिएन, तर विपत्तिको असर देखिन भने सुरु भइसकेको थियो। प्राकृतिक विपत्तिको यस समयमा कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने उनले विज्ञप्ति मार्फत जनाएका थिए। देउवा साउन महिनाका पछिल्ला ४ दिन लगातार बाढी प्रभावित तराई-मधेसका जिल्ला निरीक्षणमा छन्। साउन १ गते  देउवा बाढीपीडितहरुको अवस्था बुझ्न रौतहट पुगे। उनले बाढी प्रभावित रौतहटको गढीमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी र  दुर्गा भगवति गाँउपालिकाको १, २, र ५ नम्बर वडा तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरे। निरीक्षणकै क्रममा देउवाले सरकारप्रति असहमति पनि जनाए। प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदनशील नभएको आरोप लगाउँदै देउवाले विपद्‌का बेला सिंगो देश एकजुट हुनुपर्नेमा सरकार आफ्नै दम्भमा हिँडेको समेत बताए। रौतहट गृह जिल्ला भएका सत्तारुढ विराट सन्देश  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालप्रति पनि उनले आफ्नो आलोचना सोझ्याएका थिए। जनताप्रति संवेदशील नभई हेलिकोप्टर चार्टर गरी घुम्ने काम गरेको भन्दै उनले नेता नेपालको आलोचना गरेका हुन्। नेता नेपाल गत बुधबार मन्त्रीहरुको जम्मो टोलीसहित गृहजिल्ला रौतहट पुगेका थिए। अनुगमनमा जाँदा स्थानीय पीडितसँग कुराकानी समेत नगरी हेलिकोप्टरबाटै अनुगमन गरेर फर्किएको भन्दै उक्त टोलीको आलोचना भएको थियो। साउन २ मा सभापति देउवा महोत्तरीका बाढी तथा डुवान प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गए। बर्दिवास पुगेका स्थानीय पीडितका कुरा सुनेका देउवाले सबै आग्रह/पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए। साउन ३ गते देउवा तराईको अर्को जिल्ला सप्तरी पुगे। सप्तरीको बाढीबाट अतिप्रभावित क्षेत्रको अनुगमन गर्ने क्रममा उनले सरकामाथि आक्रोस पोखे। सदनको नियमित एजेण्डा स्थगित गरेर बाढीपीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद् बैठक स्थगित गरेको भन्दै उनले आक्रोस पोखेका थिए।  सरकारमै भएका मधेस केन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको उनले आरोप लगाए। चुनावका बेला मधेसी भन्दै मत मागेका नेताहरूले जनता ५ दिनदेखि भोको र अनिदो रहँदा पनि वास्ता नगरेको उनले सप्तरी निरीक्षणका क्रममा आरोप लगाएका थिए। बाढीपीडितहरुसँग कुराकानी गर्नुका साथै उनी बाढीले कटान गरेका स्थलहरुको समेत निरीक्षण गर्न निस्किएका थिए। सो क्रममा उनले राहत र पुनर्स्थापना तथा दिगोरुपमा समस्या समाधानका लागि संसद्‌मा जोडदार आवाज उठाउने प्रतिवद्धता पनि जनाएका थिए। साउन ४ गते पनि देउवा बाढी प्रभावित तराईकै जिल्लामा रहे। उनले शनिबार सुनसरीमा बाढीले क्षति पुर्‍याइएका स्थान तथा पीडितहरुसँगै बिताए। उनीहरुका समस्या तथा गुनासा सुने। र राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई आग्रह समेत गरे।

 

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १८:५९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook