Breaking News

Radio Star

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशभरका ७७ जिल्ला र जिल्ला सहरका ६ महानगरपालिका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्ज टुंगो लगाएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यता पाएका ६ महानगरका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लागेको बताए । पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार २०:०३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook