Breaking News

Radio Star

विराटनगर । रेडियो स्टार ९३.२ मेघाहर्ज आजबाट ४ वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । रेडियो स्टारले २०७२ साल श्रावन ७ गते विराटनगरको त्रिमुर्ती चोकबाट आफ्नो औपचारिक प्रशारण शुरु गरेको थियो । “हामी सबैको मनको आवाज” भन्ने नाराका साथ संचालित रेडियो स्टार बिगत एक वर्षदेखि विराटनगरको चाँदनी चोकबाट प्रसारण भईरहेको छ ।  सुचना र मनोरन्जनको संवाहकको रुपमा रहेको रेडियो स्टारमा बिहान ५ बजे देखि राती ११ बजे सम्म बिभिन्न सन्देशमुलक र मनोरन्जनात्मक कार्यक्रमहरु प्रसारण हुने गरेको छ ।  श्रोताको रुची र आकांक्षा अनुसार कार्यक्रमहरु प्रशारण गर्न रेडियो स्टार सधैं प्रतिबद्ध रहेको एफ एमका कार्यक्रम संयोजक आशिष भट्टराईले बताए । अहिले रेडियो स्टारमा आनन्दपथ, वेक अप नेपाल, पब्लिक डिमाण्ड, फ्रेन्ड रिक्वेस्ट, ट्यालेन्ट शो, पिपल चौतारी, म्युजिक एक्स्प्रेस, ज्योतिष बिज्ञान, साथीसगँ मनका कुरा, निर्माण सरोकार, साझा सवाल, हेर्ने कथा, खुलदुली डट कम लगायतका लोकप्रिय कार्यक्रम प्रसारण हुने गरेको छ ।
चौथो वार्षिकोत्सवको अवसरमा रेडियोमा आवद्ध सम्पुर्ण सहकर्मी, श्रोताहरु, बिज्ञापनदाताहरुमा रेडियो स्टारले शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार ०७:००

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook