Breaking News

Radio Star

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सोमबार अपराह्न सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र र्आशिकतर्फ गरी कूल ४ लाख २८ हजार ६७ जना परीक्षार्थी सहभागी भएका थिए । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार १६ हजार २ सय ४ जना परीक्षार्थीले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । यस्तै ३१ हजार परीक्षार्थीले २.८१ देखि ३.२० जीपीए ल्याएका छन् भने ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८० जीपीए ल्याएका छन् ।
बोर्डले सार्वजनिक गरेको परीक्षाफल अनुसार सबैभन्दा धेरै ८६ हजार २ सय २७ जना परीक्षार्थीले २.०१ देखि २.४० जीपीए ल्याएका छन् । यस्तै १.६१ देखि २.०० जीपीए ल्याउने परीक्षार्थीको संख्या ६२ हजार ६ सय १९ छ भने १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या १९ हजार छ । यस्तै, ०.८१ देखि १.२० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३ हजार ५ सय २४ छ भने सबैभन्दा कम स्तरको ०.००देखि ०.८० ल्याउनेको संख्या १३ हजार ३ सय ६२ छ ।

तल उल्लेखित वेभसाइटमा क्लिक गरेर आफ्नो नतिजा हेर्न सकिन्छ;

www.neb.gov.np

www.neb.ntc.net.np

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार २०:१३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook