Breaking News

Radio Star

नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरका पृतनापति फेरिएका छन् । पृतनापति उपरथी समीर शाहीको ठाउँमा उपरथी अनन्त कार्की आएका छन् । आइतबार पूर्वी पृतना हेडक्वाटरमा आयोजित कार्यक्रममा दुबै पृतनापतिले कमाण्ड बुझबुझारथ गरेका छन् । सो अवसरमामा निवर्तमान पृतनापति शाहीले सलामी ग्रहण, नवनियुक्त पृतनापति कार्कीलाई पृतनाको झण्डा, छडी, फर्मेशन साइन प्रदान गरेको पूर्वी पृतना हेडक्वाटरले जनाएको छ । कार्यक्रममा विदाइ मन्तव्य दिदै उपरथी समीर शाहीले करिब १५ महिनामा पृतनापतिको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा बाहिनी गण, गुल्म तथा पृतना रिर्जब युनिटहरूबाट राम्रो सहयोग पाएको उल्लेख गर्दै आभार प्रकट गरे । कार्यक्रममा पूर्वी पृतनाअन्तर्गतका बाहिनी अड्डाका बाहिनीपतिहरू, गण तथा गुल्मका गणपति, गुल्मपतिहरू, सैनिक स्कुल धरानका सम्पर्क अधिकृत, प्रिन्सिपल, पृतना हाताभित्रका अधिकृत, पदिकहरूको उपस्थिति रहेका पूर्वी पृतना हेडक्वाटर इटहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार १६:३४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook