Breaking News

Radio Star

भारत शासित काश्मिर अब स्वशाशित क्षेत्र रहेन । भारत सरकारले संविधानमै व्यवस्था गरेको विशेष स्वशासित अधिकार खारेज गरिदिएपछि काश्मिर बाँकी भारतका राज्यका नागरिकका लागि पनि खुकुलो बनेको छ । भारतको संविधानको धारा ३७० मा जम्मु काश्मिरलाई स्वशासित क्षेत्रको अधिकार दिइएको थियो । उक्त धारा अनुसार काश्मिर बाहिरका नागरिकले जग्गा खरिद, स्थानीय सरकारको जागिर र स्थानीय तहमा शैक्षिक छात्रवृत्ति नपाउने व्यवस्था थियो । भारत सरकारले जम्मु, काश्मिर र लदाक गरी तीन राज्यमा विभाजन गरेको छ । लदाकबाहेक जम्मु र काश्मिर दुवै राज्यमा विधानसभा रहनेछ । सरकारको उक्त निर्णयबारे गृहमन्त्री अमित शाहले जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लदाकमा सिधा राष्ट्रपति शासन हुनेछ । यसअघि ८ फेब्रुअरीमा जम्मु काश्मिर सरकारले लदाकलाई अलग क्षेत्र घोषणा गरी प्रशासन समेत खडा गरिदिएको थियो । सबैभन्दा कम जनसंख्या रहेको लदाक यसअघि जम्मु काश्मिरभित्र थियो ।
यसअघि भारत सरकारले श्रीनगरलगायत काश्मिरका मुख्य भागहरुमा मध्यराति कफ्र्यु जारी गरेको थियो । काश्मिरका प्रभावशाली नेताहरु मेहबुबा मुफ्ती, ओमार अब्दुल्ला र फारुक अब्दुल्लालाई घरमै नजरबन्द गरिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार १९:४७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook