Breaking News

Radio Star

न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । म्याकुलमले सोमबार क्यानडामा जारी ग्लोबल टी-ट्वान्टी क्रिकेट सकिएपछि सबै खाले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३७ वर्षे म्याकुलमले सामाजिक संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् । म्याकुलम टोरन्टो नेसनलबाट ग्लोबल टी-ट्वान्टी खेलिरहेका छन् । ‘ग्लोबल टी-ट्वान्टीपछि सबै खाले क्रिकेटबाट सन्यासको आज घोषणा गर्दछु । २० वर्षे क्रिकेट करियरमा मलाई गर्व छ । मेरो परिवार, टिममेट, प्रशिक्षक, समर्थक सम्पूर्णमा धेरै धन्यवाद,’ म्याकुलमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Brendon McCullum

@Bazmccullum

It’s been real…

View image on Twitter
1,455 people are talking about this

सन्याससँगै म्याकुलमले युरो टी-ट्वान्टी स्लाम समेत नखेल्ने बताएका छन् । म्याकुलमले सन् २०१६ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । म्याकुलमले न्युजिल्याण्डका लागि १०१ टेष्टमा ६ हजार ४५३ रन बनाएका थिए । यस्तै २६० एकदिवसीयमा ६ हजार ८३ रन जोड्दा ७१ टी-ट्वान्टीमा २ हजार १४० रन बनाएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार ०८:०२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook