Breaking News

Radio Star

 भारतीय पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मंगलबार उनको निधन भएको हो । मंगलबार बेलुकी हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । एक्कासी हृदयघात भएपछि उनलाई स्थानीय समयअनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालमा उनका परिवारका सदस्य भाजपाका वरिष्ठ नेताहरु डा. हर्षवर्धन, नितिन गड्करी, पियूष गोयललगायतको उपस्थिति थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । निकै हक्की र भारतलाई विश्वमा प्रतिनिधित्व गराउनका लागि विदेशमन्त्रीको रुपमा उनले निकै प्रभावशाली भूमिका निर्वाह गरेकी थिइन् । यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले शोक व्यक्त गरेका छन् । सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन् । हालै नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा दोश्रो कार्यकालको सपथ ग्रहण गर्ने बेला पहिलो कार्यकालमा आफूलाई विदेशमन्त्रीको जिम्मेवारी दिएकोमा उनले प्रधानमन्त्रीलाई धन्यवाद दिएकी थिइन् । स्वराजका पतिसहित एक छोरी छिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार ०७:४७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook