Breaking News

Radio Star

विराटनगर, २२ साउन । राउण्ड टेवल नेपाल डे को अवसरमा मोरङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण गरिएको छ ।
सो क्रममा विराटनगर प्लाटिनम राउण्ड टेवल एलेभनले बूढीगंगा गाउँपालिका ५ हात्तीमुडास्थित राउण्ड टेबल बालबालिका प्राथमिक उपचार केन्द्रमा वृक्षारोपण गरेको छ । प्लाटिनम आबद्ध पदाधिकारीले सो ठाउँमा औपचारिक कार्यक्रमको आयोजना गर्दै उपचार केन्द्र परिसरमा वृक्षारोपण गरेका हुन् । उपचार केन्द्रको नियमित संरक्षण र सम्बद्र्धन गर्दै आएको आयोजक संस्थाले यसअघि नै परिसरलाई सिंगार्ने र हरियाली प्रबद्र्धन गर्ने उद्देश्यसहित त्यहाँ घेराबेरा गरेर चाइनिज घाँस लगाउने काम गरिसकेको आयोजक संस्थाका अध्यक्ष पंकज पारखले जानकारी दिए । कार्यक्रममाझ २ दर्जन बढी विभिन्न प्रजातिका विरुवा वृक्षारोपण गरिएको उनले बताए ।
कार्यक्रममा एरिया कोअर्डिनेटर रिसभ दाहाल, आइपिसी लोकेश टिवडेवाल, विराटनगर राउण्ड टेबल फाइभका चेयरमेन अश्विनी बंसल, विराटनगर सफायर राउण्ड टेबल एट्टिनका भाइस चेयरमेन विवेक राठीलगायत सहभागी भएका थिए । यसैगरी नेपाल डेकै अवसरमा पुष्पलाल चोकस्थित महिला जागृति आश्रममा र बैजनाथपुरस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयमा समेत वृक्षारोपण गरिएको थियो । आश्रममा बिआरटी फाइभ र सार्वजनिक माध्यमिक विद्यालयमा बिएसआरटी एटिनले वृक्षारोपण गरेको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार १४:२४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook