Breaking News

Radio Star

विराटनगर, २२ साउन । एकपछि अर्को सफलता हात पार्दै गएको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले पेनक्रियाज ग्रन्थीमा भएको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया गरेको छ ।
झापाको विर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ वर्षीया सरस्वता ढकालको पेनक्रियाज ग्रन्थी क्यान्सरको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । आन्द्राको ठूलो भाग, पेनक्रियाज ग्रन्थी र पित्तको नली काटेर जोड्नुपर्ने हुनाले यो शल्यक्रिया जटिल हुने गरेको नोबेल अस्पतालका डा. रोहितप्रसाद यादवले बताए । डा. यादवका अनुसार पेनक्रियाज ग्रन्थी काट्ने क्रममा सँगै रहेका धमनीमा चोट लाग्ने सम्भावना धेरै हुन्छ । चोट लागेमा बिरामीको ज्यान नै जान सक्छ । काटेर नयाँ तरिकाले जोड्नुपर्ने हुनाले राम्रोसँग नजोडिने र नजोडिंदा बिरामीको ज्यान बचाउन गाह्रो पर्ने डा. यादव बताउँछन् । तर, नोबेलमा डा. यादव नेतृत्वको चिकित्सकहरूको टोलीले वृद्धा ढकालको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको हो ।
शल्यक्रिया सफल भएपछि अहिले बिरामीको स्वास्थ्यमा सुधार आएको छ । “बिरामको पीडाका कारण अव बाँच्दिन जस्तो लागेको थियो । अप्रेशन गरेपछि अहिले ठीक छु,” उनले भनिन्, “अब बाँच्छु जस्तो लागेको छ ।” जटिल अप्रेशन सफलतापूर्वक गरेर स्वास्थ्यमा सुधार आएपछि बिरामीका आफन्त पनि हर्षित छन् । स्वास्थ्यमा सुधार भएपछि बिरामी ढकाल अस्पतालबाट घर फर्किएकी छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ अप्रेशन पनि सफलतापूर्वक गरिँदै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार १८:००

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook