Breaking News

Radio Star

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए । केही समय अगाडि मलेसिया र सिंगापुरमा उनले गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको बरितयामा अगाडि आउन सफल भएका हुन् । उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन् । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि छन् । यस्तै ब्याटिङमा पनि कप्तान खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन् । धोनी ६७ औं स्थानमा रहेका छन् । यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औं स्थानमा छन् । यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा एथावत छन ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार १९:४१

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook