Breaking News

Radio Star

विराटनगर, २२ साउन । रुखबाट लड्दा छातीमा गाडिएर मुटुसम्म पुगेको बाँसको भाटो सफलतापूर्वक निकालेर नोबेल शिक्षण अस्पतालले एक बिरामीको ज्यान बचाएको छ ।
मोरङको पथरीशनिश्चरे–१ मुन्धुम चौककी ३८ वर्षीया लक्ष्मी पोखरेलको छातीमा गाडिएको बाँसको भाटो नोवेलले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालेको हो । आँप टिप्न रुखमा चढेका बेला हाँगो भाँचिएर लड्दा उनी बाँसको चोकेमा परिन् । छातीमा गाडिएको बाँसको भाटो मुटुसम्म पुग्दा उनको अवस्था चिन्ताजनक भयो । बेहोस अवस्थामा नोवेल ल्याइएकी लक्ष्मीलाई शल्यक्रिया गरी करिब १५ सेन्टिमिटर लामो बाँसको चोके सफलतापूर्वक निकालिएको नोवेल अस्पतालका प्रोफेसर डा. काला सिंहले जानकारी दिए ।
नोबेलका प्रोफेसर डा. सिंह नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक अप्रेशन गरी घोचो निकालेर लक्ष्मीको ज्यान बचाएको हो । गम्भीर अवस्थामा पुगेकी लक्ष्मीलाई बचाउन नसकिने डरले आफन्तले हरेश खाइसकेका थिए । अप्रेशन सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । मृत्युको मुखमा पुगेकी श्रीमतीलाई नोबेलले बचाएको भन्दै श्रीमान अर्जुन पोखरेलले खुसी व्यक्त गरे ।
अप्रेशन सफल भएपछि अहिले उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । नोबेलले यसअघि पनि यस्ता जटिल अप्रेशन सफलतापूर्वक गरेर धेरै बिरामीको ज्यान बचाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार १९:४४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook