Breaking News

Radio Star

 

विराटनगर २३ साउन । प्रदेश सभा गठन भएयता प्रदेश नम्वर १ का प्रदेश प्रमुख प्रा.डा गोविन्द बहादुर तुम्बाहाङले ३३ विधेयक प्रमाणिकरण गरेका छन । आव २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा ७ विधेयक जुन बढी प्रमाणिकरण भएकोे छ । अघिल्लो आवमा १३ विधेयक प्रमाणिकरण गरेका तुम्बाहाङले आव २०७५÷७६ को असार मसान्त सम्ममा २० विधेयक सहित ३३ विधेयक प्रमाणिकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए । “ प्रदेश आर्थिक कार्यविधि विधेयक—२०७४” प्रदेश सभाको विस २०७४ माघ २२ गतेको पहिलो अबिधेशनले पारित गरेको पहिलो विधेयक हो । तुम्बाहाङले यो विधेयक २०७४ चैत २२ गते प्रमाणिकरण गरेका हुन । यसरी प्रमाणिकरण भएका अधिकांश विधेयक प्रदेश सरकार संचालनको लागी आवश्कय कानून देखिएको छ । विस २०७४ माघ ७ गते पदवहाली पछि तुम्बाहाङले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश सभाबाट पारित भई आएका विधेयकहरू प्रमाणिकरण गरेको प्रेस सल्लाहाकार रेग्मीले बताए । तुम्बाहाङले प्रमाणिकरण गरेको पछिल्लो विधेयक “प्रदेश विनियोजन विधेयक —२०७६” हो । उनले सो विधेयक २०७५ असार २३ गते प्रमाणिकरण गरेका हुन । आव २०७५÷७६ मा प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणिकरण गरेका विधेयकहरूमा “ प्रदेश रेडियो , एफएम र टेलिभिजन प्रशारण सम्बन्धमा बनेको विधेयक—२०७५”( साउन २५) , “ जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक”( भदौ १४) ,“ अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” (भदौ १४) , “ विपद् व्यवस्थापनका सम्बन्धमा गर्न बनेको विधेयक ” (असोज १४) , “ प्रदेश न .१ सामाजिक विकास संस्था विधेयक”(असोज १४) , र “ प्रशासकीय कार्यविधी नियमित गर्ने सम्बन्धमा बनेको विधेयक”( असोज १४) रहेको छ । यस्तै “ प्रदेश न .१ को प्रदेश वित्त व्यवस्थापन विधेयक”( असोज १९),“ प्रदेशको कर तथा गैर कर, राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” (कातिक ३०), “प्रदेश घरेलु सिंहाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”(कातिक १४),“सिचाई सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक ”(कातिक २८) ,“ प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक”(०७६ बैशाख १२)“ प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (बैशाख ८),“ प्रदेश आर्थिक कार्यविधी पहिलो संशोधन विधेयक—२०७६”(बैशाख २६ ) र “वृहत्त विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक”( बैशाख १७ं) रहेको छ । त्यस्तै “ विपद व्यवस्थापन ऐन,२०७५ लाई संशोधन गर्ने सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक”(बैशाख२७),“ प्रदेश खेलकुद सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयक”(बैशाख २७),“ गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक”(असार ५),“ जिल्ला सभा , जिल्ला सम्वन्य समितिका सदस्यहरूको सुविधा सम्बन्धी ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक”(असार ५),“ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्व्यन गर्न बनेको विधेयक”(असार २३ ) र “ प्रदेश विनियोजन विधेयक”(असार २३) रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार १७:२०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook