Breaking News

Radio Star

सुनको भाउ तोलाको ७० हजार ५ सय  पुगेको छ। यो अहिलेसम्मकै उच्च रेकर्ड हो। साउन लागेयता लगातार बढ्दै आएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो। छापावाल सुन हिजो एकै दिन १५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको थियो। गत वर्ष साउन महिनामा सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ थियो। एक वर्षमै सुनको भाउ झण्डै १५ हजार वृद्धि भएको हो। चाँदी पनि हिजोको तुलनामा तोलामा १५ रुपैयाँ बढेर आज ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनचाँदीको भाउ लगातार उकालो लागेपछि बिक्री घटेको व्यवसायीको भनाइ छ। अहिले उपभोक्ताले पुराना गहना बिक्री गर्ने क्रम बढेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढेकाले मूल्य बढेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार ०६:०९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook