Breaking News

Radio Star

विराटनगर २४ साउन । नेपाली महिलाहरूको बिशेष“तीज पर्व” लाई पार्टी प्यालेस र होटलहरूमा मनाउन स्थानीय प्रशासनले प्रतिवन्ध लगाएको समाचार आईरहेको बेला मोरङ प्रशासनले जिल्लामा यस्तो कुनै कडाई नगरिएको स्पस्ट पारेको छ ।
भदौ १६ गते सोमवार यो बर्षको “तीज पर्व” रहेपनि १ महिना अगावैदेखी भड्किलो रूपमा तीज पर्व मनाउन थालेपछि विभिन्न जिल्लाहरूमा कडाई गरेको समाचार आइरहेको छ । यो समाचार आएसँगै मोरङका महिलाहरू पार्टी प्यालेस र होटलमा नाचगान गर्न अन्यौलमा देखिएका छन ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सभ्य र भडकिलो रूपमा तीज नमाउन आग्रह मात्र गरिएको बताए । होटल तथा पार्टी प्यालेसमा तीज मनाउन प्रतिवन्ध गरिएको छैन उनले भने । महिलाहरूको बिशेष पर्व भएकोले यसलाई रोकतोक गर्ने कुरै आउदैन प्रजिअ केसीले भने ,“ धेरै भडकिलो नगरौ भन्ने हाम्रो मनाशय मात्र हो ।”
तर प्रशासनले होटल तथा पार्टी प्यालेसमा नाचगान गर्न जादा ध्वनी प्रदूषण , गरगहना पर्दशन नगर्न आग्रह गरेको छ । केसीले भने ,“ ३०÷४० जना समूह भएर मनाउदा त केही फरक पर्दैन तर धेरै महिलाहरू सहभागि भएर नाचगान गर्दा गरगहना प्रदर्शन नगर्दा बेस हुन्छ । ”
सुनको मूल्य अत्याधिक बढेसँगै यस्तो समूहमा नचगान गर्दा महिलाहरूको गरगहना हराउने र लुटिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले गहना नलगाउन आग्रह गरेको हो । यदी धेरै समूहमा तीज पर्व मनाउन चाहेमा सुरक्षाका लागी प्रहरीसँग सहयोग लिन सकिने प्रजिअ केसीको भनाई छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १८:५१

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook