Breaking News

Radio Star

विराटनगर, २४ साउन । प्याब्सन आँगन’ अन्तर्गतको गायन प्रतियोगितामा विराटनगरस्थित एभरेष्ट स्कुलकी सिरिष्मा काफ्ले र नृत्यमा सगरमाथा स्कुलका निशान राई प्रथम भएका छन् ।
विराटनगरस्थित वीरेन्द्र सभागृहमा शुक्रबार सम्पन्न प्याब्सन आँगनको फाइलनमा उनीहरूले ९–९ जना प्रतियोगीहरूलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगतामा अन्य उपविजेता घोषित भए । नृत्यतर्फको उपविजेता हुनेमा संस्कृति दाहाल, चिरान्सु शर्मा, सौमिका ढकाल, इसान श्रीपाली, मानस्वी खनाल, टीना थापामगर, खुशी बज्राचार्य, लावन्ता सुब्बा र ईक्षा सुब्बा छन् । यस्तै गायनतर्फ प्राप्ति भट्टराई, सहिमा भुजेल, नेहारिका खनाल, प्रज्ञान तामाङ, अनुभव तिमल्सिना, अनुराग प्रधान, नविन पौडेल, चुली सिंह र सुमिका सरदार छन् ।
‘सधैंका लागि, सबैका लागि, राष्ट्रको शिक्षा, कलाका लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको फाइनलमा नृत्य र गायनमा १०–१० जना पुगेका थिए । विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको अन्तरनिहीत कलाकारिताको दक्षतालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीले यो प्रतियोगितामा भाग लिएका थिए । तीन चरणको अडिसन राउण्ड पूरा गरेपछि प्रतियोगी फाइनलमा पुगेका हुन् । प्रतियोगिताको नृत्यतर्फको निर्णायकहरूमा गजित विष्ट, चन्द्र तामाङ र राजेश घिसिङ रहेका थिए भने गायनतर्फ महेन्द्र प्रेम श्रेष्ठ, जेवी थुलुङ थिए । विजेतालाई प्याब्सन केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठ, व्याब्सन केन्द्रीय सदस्य वासुदेव न्यौपाने, प्याब्सन पूर्व केन्द्रीय सदस्य सावित्री पराजुली, प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए । विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि अन्य विधाका प्रतियोगिताहरु सञ्चालन गरिने उनको भनाइ थियो । कार्यक्रममा सबैको साथ र सहयोगकै कारण प्याब्सन आँगन भव्य र ऐतिहासिक भएको अध्यक्ष राईले दाबी गरे । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गीत गाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १९:५५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook