Breaking News

Radio Star

भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी पक्राउ परेका छन्। जम्मु र कस्मिरको श्रीनगर पुगेका उनलाई त्यहाँको विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनीसँगै भारतीय कम्युनिस्ट पार्टीका महासचिव डी राजा पनि पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलबाट नियन्त्रणमा लिएर शहर प्रवेशमा रोक लगाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनीहरु त्यहाँ आफ्ना विरामी नेतालाई भेट्न पुगेका थिए। यसअघि यचुरीले जम्मु र कस्मिरका गभर्नर सी सत्यपाल मलिकलाई पत्र लेख्दै आफ्ना नेता तथा जम्मु र कस्मिरको विगठित विधानसभाका सदस्य मुद युसुफ तरिगामीलाई भेट गर्न श्रीनगर आउन लागेको भन्दै जानकारी गराएका थिए। यसअघि बिहीवार मात्र कांग्रेस नेता जुलाम नबी आजादलाई श्रीनगर विमानस्थलबाट हिरासतमा लिएर विमानस्थलबाटै नयाँ दिल्ली फर्काएको थियो। यचुरीले आफूहरुलाई विमानस्थलमा कानुनी आदेशसहितको पत्र थमाएको र त्यसमा आफूहरुलाई श्रीनगर प्रवेश गर्न अनुमति नभएको उल्लेख भएको बताएका छन्। सुरक्षाको कारण भन्दै आफूहरुलाई प्रहरीको सुरक्षा घेरामा पनि प्रवेश गर्न नदिएको बताए। यसैबीच भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)को पोलिटव्यूरोले महासचिवयचुरीलाई श्रीनगर प्रवेशमा रोक लगाएको भन्दै विरोध गरेको छ। यो कदमले भाजपा सरकारको अधिनायकवादी अनुहार अगाडि आएको बताएको छ। उसले सरकारको गैर प्रजातान्त्रिक कदमको विरोधमा उत्रिन आह्वानसमेत गरेको छ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार ०७:२९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook