Breaking News

Radio Star

प्रहरीले विराटनगरमा प्रहरी जवानलाई ठक्कर दिएर भाग्ने मोटरसाईकल चालकलाई पक्राउ गरेको छ। मंगलबार दिउँसो विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी चोकमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३५ प ४०८७ नं. को मोटरसाईकलले वडा प्रहरी कार्यालय (क) विराटनगरमा कार्यरत प्रहरी जवान अमित कुमार मण्डललाई ठक्कर दिएको थियो । मापसेगरी सवारी साधन चलाएकोले विराटनगरको कोशी अस्पताल अगाडी, डाँफे चोक, तीनपैनीमा समेत रोक्न खोज्दा उक्त विभिन्न चेकप्वाईन्टहरुमा नरोकी भागेको मोटरसाईकल चालकलाई सि आरभीले पक्राउ गरेको हो ।  घाईते प्रहरी जवानलाई तत्काल विराट नर्सिङ होम विराटनगरमा उपचारको लागि पठाईएको छ । उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बताए । ठक्कर दिने मोटरसाईकल चालक जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २४ को बिसाल राउतलाई नियन्त्रणमा लिईएको खिउजुले बताए । सफल भएको थियो । पक्राउ परेका राउतलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम अभद्र ब्यवहार अन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भई रहेको डिएसपी खिउजुले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १९:०९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook