Breaking News

Radio Star

सानो छँदा चिरफार गर्न एकदम रमाइलो लाग्थ्यो । स्कुलमा भ्यागुता, गड्यौला चिर्न, साथीहरूको पिलो आएको छ भने सफा गरिदिन रमाइलो लाग्थ्यो । मेरी आमाको इच्छा डाक्टर पढ्ने थियो, तर उहाँले पढ्न पाउनुभएन । त्यसैले हामी दुई छोरीमध्ये कसैले डाक्टर पढे हुन्थ्यो भन्ने थियो । मलाई पनि डाक्टर बन्न मन थियो ।

मेरी फुपू नर्स हुनुहुन्थ्यो । उहाँको झोला हेर्दा पैसा र खानेकुरा देख्थेँ । नर्स बनौँ कि भन्ने पनि लाग्थ्यो । तर, ६ कक्षामा पुगेपछि कलाकार बन्ने सपना देख्न थालेँ । म माधुरी दीक्षितजस्तै बन्न चाहन्थेँ, त्यसैले कलाकारितामा बढी ध्यान दिन थालेँ । मैले एयर होस्टेसका लागि पनि प्रयास गरेकी थिएँ । तर, मेरो करिअरको पहिलो टेलिफिल्म होस्टेलमा अभिनयका लागि साइन गरिसकेपछि त्यही दिन एयर होस्टेस बन्नका लागि फोन आएको थियो । त्यसैले म त्यता लागिनँ ।

आफूले जानेका परिकार बनाएर खुवाउन रमाइलो लाग्छ । मैले पकाएको नेवारी खाना धेरैले मन पराउँछन् । अन्य खाना पनि घरमा पकाइरहेकी हुन्छु । इटालियन खाना पनि मीठो बनाउँछु । त्यसैले कलाकारिता छाड्नुप-यो भने कुक नै बन्छु ।

यसरी विभिन्न पेसामा चाख राख्ने गर्थें, तर मन परेको पेसा कलाकारिता नै थियो । एउटा कलाकारले विभिन्न  पेसाकर्मीको भूमिका निर्वाह गर्न सक्छन्, यो निकै राम्रो पक्ष हो । अहिले १९ वर्ष भयो, कलाकार बन्न पाएकोमा खुसी छु । कहिलेकाहीँ पैसा नभएका वेला, बच्चा बिरामी भएका वेलाचाहिँ एयर होस्टेस बनेको भए पैसा त हुन्थ्यो भन्ने लाग्छ ।

यदि मैले कलाकारिता छाडेर अर्को पेसा रोज्नुप-यो भने कुक बन्छु । आफूले जानेका परिकार बनाएर खुवाउन एकदम रमाइलो लाग्छ । मैले पकाएको नेवारी खाना धेरैले मन पराउँछन् । अन्य खाना पनि घरमा पकाइरहेकी हुन्छु । इटालियन खाना पनि मीठो बनाउँछु । त्यसैले कलाकारिता छाड्नुप-यो भने कुक नै बन्छु ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १४:२२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook