Breaking News

Radio Star

फ्रान्समा यतिवेला G-7 बैठक जारी छ । यो बैठकको अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटवार्तापछि जब उनीहरु मिडियाको सामू आए, त्यतिवेला उनीहरु एक-आपसमा निकै प्रसन्न मुद्रामा देखिन्थे । दुवै जना खुब हाँसिरहेका थिए । बिबिसी हिन्दीले लेखेअनुसार दुवै नेताबीच भएको कुराकानीको बारेमा सोध्दा मोदीले हिन्दीमै भने-“मलाई लाग्छ कि हामी दुई जनालाई कुरा गर्न दिनुहोस, यदि आवश्यक पर्यो भने तपाईसमक्ष यो विषयमा जानकारी पुगिनै हाल्छ ।” मोदीले यस्तो जवाफ दिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि फ्याट्टै भनिहाले-“मोदीजी धेरै राम्रो अंग्रेजी बोल्नुहुन्छ, तर, उहाँ अंग्रेजीमा कुरा गर्न चाहनुहुन्न ।” ट्रम्पको यो टिप्पणीमा मोदी खुलेरै हाँसे । त्यतिमात्रै होईन, दुवै नेता एक-अर्काको हातमा हात बजारेर निकै ठट्यौली रुपमा प्रस्तुत भए । त्यहाँ उपस्थित् सबै सहभागीहरु पनि हाँस्न बाध्य भएका थिए । यो भन्दा पहिले मोदीले ट्रम्पकै सामुने भारतको काश्मिरमा मध्यस्थता गर्ने विषयलाई लिएर भारत र पाकिस्तानबीचका सबै मुद्दा द्धिपक्षीय भएकोले यसमा कुनै तेस्रो देशले कष्ट गर्नुपर्दैन भनेर सिधै सार्वजनिक रुपमै भनिदिएका थिए । उता, ट्रम्पले भारत र पाकिस्तान दुवै देशका प्रधानमन्त्री आफ्नो असल साथी भएकोले उनीहरुले दुवै मिलेर काश्मिर मुद्दालाई हल गरुन भन्ने शुभेच्छा राखेका थिए । एजेन्सी/तस्विर स्रोत : रोयटर्स-REUTERS

BBC News Hindi

@BBCHindi

जी7 सम्मेलन में जब नरेंद्र मोदी और डोनल्ड ट्रंप की मुलाक़ात हुई तो उनके बीच क्या-क्या बातें हुईं, देखिए यह वीडियो…

Embedded video

50 people are talking about this

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार ०७:१५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook