Breaking News

Radio Star

माया प्रेमको कथा वस्तुमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘गुन्जन’को सुटिङ सुरु भएको छ । मंगलवारबाट पोखरामा ‘गुन्जन’को सुटिङ सुरु भएको हो । फिल्मको अधिकांश भाग पोखरामा नै सुटिङ हुने भएको छ । महेश दवाडीको लेखन रहेको चलचित्रमा चितवनका नायक प्रितम राज सेन्चुरीको मुख्य भूमिका रहने छ भने प्रितमको साथ नायिका सारा श्रीपालीले दिने छिन् । साराले यस अघि चलचित्र ‘सुश्री सम्पत्ती’मा अभिनय गरेकी थिईन । प्रितमको भने यो पहिलो चलचित्र हो ।

चलचित्रमा बरिष्ठ अभिनेता सरोज खनालको अभिनय पनि रहने छ । त्यस्तै चलचित्रमा नायक कबिर खड्काको पनि भूमिका रहेको छ ।  चलचित्र ‘गुन्जन’ हरि कृष्ण शाहीको प्रस्तुतीमा बन्न लागेको छ भने यसमा सुनिता शाहीको लगानी रहने छ । चलचित्रको छायंकन भने राजेश श्रेष्ठले गर्दै छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार १८:५६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook