Breaking News

Radio Star

चार वर्ष अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा सफल बनेका पुबुदु दशानायके पुन: नेपाल आउने भएका छन् ।  तर यसपाली उनले राष्ट्रिय टोली नभई नेपालका व्यवसायिक टी-२० क्रिकेट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्स टोलीलाई प्रशिक्षण दिनेछन् । भैरहवा ग्लाडियटर्सका मालिक आदित्य साँघाईले दशानायकेलाई लामो समयका लागि अनुबन्ध गरेको बताएका छन् ।

भर्खरै मात्र उमेश पटवाल एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएकोले दशानायकेलाई तत्काल राष्ट्रिय टोलीमा फर्किने ठाउँ छैन । नेपाललाई आफ्नो दोस्रो घर बताउने दशानायकेले नयाँ भूमिकामा आफू उत्साहित भएको बताएका छन् । उनले भनेका छन्, “नेपाल सधैँ मेरो मुटु नजिक छ । म जुनसुकै भूमिकामा पनि नेपाली क्रिकेटमा सहयोग गर्न चाहन्छु।” इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि पराजित भएको भैरहवाले दशानायकेलाई छोटो अवधि नभई लामो अवधिका लागि हेर्ने जिम्मा दिन खोजिएको छ । भैरहवा ग्लाडियर्सका कप्तान शरद भेषावकरले दशानायकेको आगमनले छुट्टै रोमाञ्च दिएको प्रतिक्रिया दिएका छन् । “हामी लगातार दुई वर्ष फाइनलमा पुगेर रोकियौँ। अब च्याम्पियन बन्ने विश्वास छ । ” इपीएलको नयाँ संस्करण आगामी फेब्रुअरीबाट शुरू हुनेछ। प्रतियोगिता शुरू हुनु एक महिना अगाडि उनी नेपाल आइपुग्नेछन् । उनको पारिश्रमिक भने खुलाइएको छैन । श्रीलङ्कामा जन्मेका क्यानडाली नागरिक ४९ वर्षीय दशानायके सन् २०११ देखि चार वर्ष नेपालको प्रशिक्षक थिए । सन् २०११ मा क्यानडालाई विश्वकपसम्म पुर्‍याएका उनको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ऐतिहासिक उपलब्धिहरू प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलवार १९:३१

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook