Breaking News

Radio Star

विराटनगर १९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन्दर हरैचा नगरपालिकको चौथो नगर सभाले पारित गरेको नीति तथा कार्यक्रमको पुस्तक एक समारोहका विच विहिवार सार्वजनिकिकरण गरेका छन ।
आव ०७६ र ७७ कोे नीति तथा कार्यक्रम असार महिनामै सार्वजनिककरण गर्नु व्यवस्था भएपनि जनप्रतिनिधिहरु विच सहमति नजुटदा विलम्ब भएको हो । नगरपालिकाले विहिवारदेखीनै लागू हुने गरि सुरु गरेको स्वास्थ्य विमा कार्यक्रमको पनि मन्त्री पण्डितले शुभारम्भ गरे । मन्त्री पण्डितले सुन्दर हरैचाको विकासको लागी आफूले सक्दो सहयोग गर्ने बचन दिए । उनले भने , जनताको न्यूनतम आवश्यकता पुरा गर्न सरकारले जस्तो सुकै सहयोग गर्ने छ ।
नगरपालिकाले आउदो आर्थिक बर्षको लागी १ अर्व ८ करोड ७७ लाख ८० हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । जसमध्ये सञ्चित कोषबाट ९० करोड २२ लाख ८० हजार , अन्तर सरकारी अख्तियारीबाट रु १८ करोड ५५ लाख प्राप्ती हुने अनुमान गरेको छ ।
सुन्दर हरैचा ५ स्थित नयाँ वृन्दावन गौशालालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरि त्यस स्थान बिश्वकै अग्लो गाईको मूर्ती निर्माण गरिने बजेटले सम्बोधन गरेको छ । , नगर क्षेत्र भित्र उद्योग कलकारखाना संचालनमा ल्याउने उद्योगलाई ५ बर्ष कर मिनाहा गर्ने , नगर प्रमुख उज्यालो सुन्दर हरैचा कार्यक्रम संचालनमा ल्याईने बजेटको प्राथमिकता हुन । आर्थिक वर्षको सामाजिक सुरूक्षा तर्फ १८ करोड रकम बिनियोजन गरेको छ । यसै बर्ष देखि नगर क्षेत्रमा भौतिक पूर्वाधार सम्बन्धि नीति ल्याइने भएको छ । यो नीतिले नगर क्षेत्रमा हुने साना तथा ठूला बिकासका योजनाहरूलाई बिशेष प्राथमिकतामा राखि बजेट उपलब्ध गराईने छ । घर नक्सा सम्बन्धि सेवा लिन आउने सेवाग्राहीहरूलाई डिजिटलाक्इजेसन सेवा प्रभाह गरिने छ । रात्रिकालिन बजार लाग्ने ब्यवस्था मिलाइने छ । पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि उपयोगी कदमहरू चाल्ने जनाइएको छ ।
सुन्दर हरैचा नगरपालिकाका मेयर शिव ढकालले राज्यबाट सिमिति स्रोत , साधन प्राप्त भएपनि व्यवस्थित गर्दै नगरलाई समृद्धि तर्फ अगि बढाइरहेको बताए । जनताका आवश्यकता धेरै छन तर स्रोत साधनको कमि छ उनले भने , सिमिति स्रोत साधनलाई अधिकतम प्रयोग गरि नगरको सर्वोपरि हितको लागी सवै पक्षको सहयोगको अपिल गरे । उद्योग वाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष किशोर कार्की ,कोशी हरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चाँपागाइ , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल लगायतले बजेटको महत्वको बारेमा प्रकाश पारे ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार १९:११

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook