Breaking News

Radio Star

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली थाइ एयरवेजको विमानमार्फत शुक्रबार मध्याह्न सिंगापुरबाट थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री ओली उपचारका लागि भदौ ५ गते सिंगापुर गएका थिए । ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीको बिहीबार मात्रै सातौं प्लाज्मा फेरिसिर गरिएको थियो । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएका प्रधानमन्त्री ओलीलाई अस्पतालले बिहीबार नै डिस्चार्ज गरेको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपा सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णु पौडेलपनि प्रधानमन्त्रीसँगै स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार १३:०९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook