Breaking News

Radio Star

विराटनगर, २१ भदौ । विराटनगरस्थित आरोहण गुरुकुलमा जारी विद्यालय नाटक महोत्सवअन्तर्गत शनिबार ‘अँध्यारो बाटो’ नाटक मञ्चन भएको छ ।
विराटनगरको सत्यनारायण माविले तयार पारेको नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गरिएको हो । नाटकले सामाजिक परिवेश र समाजका व्यतिथिहरूलाई समेटेको थियो । विद्यालयका शिक्षक लोकनाथ नेपालको लेखन र निर्देशन रहेको नाटक ‘अँध्यारो बाटो’ खास गरी चेलीबेटी बेचबिखन र उनीहरूको पुनःस्थापनामा हुने समस्यामा केन्द्रित थियो ।
कार्यक्रममा आरोहण गुरुकुलका तर्फबाट सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलसहित निर्देशक र कलाकार विद्यार्थीहरूलाई प्राज्ञ विवश पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदितले खादा लगाएर मायाको चिनो प्रदान गरे । आरोहण–गुरुकुल विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सव भदौ २९ गतेसम्म चल्नेछ । नाटकमा विद्यार्थीहरूलाई सहभागी गराई नाटक महोत्सव गर्दा विद्यालयहरू प्रोत्साहित हुने र आगामी दिनमा नाट्य गतिविधिले तीव्रता पाउने आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
आयोजक संस्थाको नाटक ‘म–नैतिक’ मञ्चनसँगै सुरु भएको महोत्सवमा विभिन्न ९ विद्यालयले दैनिक अपरान्ह ४ बजे नाटक मञ्चन गर्दैछन् । सो महोत्सवमा आइतबार अन्नपूर्ण एकेडेमीले ‘मेहनत र परिश्रमको फल’ मञ्चन गर्नेछ । यस्तै पेरागन एकेडेमी माविले भदौ २३ गते सोमबार ‘दसैं’, सेन्ट जोसेफ स्कुलले भदौ २४ गते मंगलबार ‘लक्ष्मीपूजा’, सप्तकोशी स्कुलले भदौ २५ गते बुधबार ‘छाउपडी’, बूढानिलकण्ठ स्कुलले भदौ २६ गते बिहिबार ‘नासो’, लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले भदौ २७ गते शुक्रबार ‘प्रधानमन्त्री’, श्री श्री रविशंकर विद्या मन्दिरले भदौ २८ गते सनिबार ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले भदौ २९ गते ‘परिवेश’ मञ्चन गर्दै नाटक महोत्सव समापन हुने महोत्सवका संयोजक दीपेश भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार २०:४३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook