Breaking News

Radio Star

फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फाप्लु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । कार्गो उडान कम्पनीको लापरवाहीका कारण सामग्री झरेको उनीहरुको आरोप छ । प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामग्री ढुवानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए । स्थानीयवासीले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामग्री खसेको जानकारी दिएको प्रजिअ खनालले बताए । कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको भनाइ छ । सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने उनले बताए । कैलाश एयरका कर्मचारी बिलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताए । नियोजित नभई ध्यान दिँदादिँदै सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने उनको प्रतिबद्धता छ । उक्त हेलिकोप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए । विगतका दिनमा समेत सामान झर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १९:२२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook