Breaking News

Radio Star

नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान (आज) मङ्गलबारबाट शुरु गर्दै छ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक जागरण अभियान शुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते शुरु भई असोज ७ सम्म चल्ने छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अभियानअन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार ९८० बिरुवा रोपिने कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले ठूलो सङ्ख्यामा वृक्षरोपण गर्न स्थानीयस्तरमै बिरुवाको जोहो गरिएको जानकारी दिए । जागरण अभियानका लागि कांग्रेसले यसअघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । प्रवक्ता शर्माका अनुसार दोस्रो चरणको जागरण अभियानका क्रममा ३३० जना प्रतिनिधि परिचालन हुने छन् । प्रत्येक प्रदेशमा प्रदेशसभा निर्वाचन क्षेत्रबमोजिम प्रतिनिधि खटाइएको प्रवक्ता शर्माले जानकारी दिए । जागरणका लागि परिचालित प्रतिनिधिहरूलाई आफू प्रत्यासी भई चुनाव लडेको भन्दा पृथक जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ ।

प्रवक्ता शर्माले जागरण अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रका अग्रज, शहीद परिवार, द्वन्द्वकालीन घाइते एवं विभिन्न आन्दोलनका घाइतेको घरमै पुगेर अवस्था बुझ्ने र कांग्रेसका लागि सुझाव लिने स्वरूप तय गरिएको बताए । अभियानको अन्तिम दिन ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने तय गरिएको छ । नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङघलगायतका भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध युवा तथा असङ्गठित युवाको सहभागितामा देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भमा खुला विचार सङ्कलन गरिने जनाइएको छ । कांग्रेसले ३३० प्रदेशसभा क्षेत्रमा दैनिक औसत तीन सय युवाका बीचमा बीपीका विचार र संस्कारबारे छलफल गर्दा १५ दिनभित्र करिब एक लाख युवासित प्रत्यक्ष संवाद गर्ने दाबी गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार ०८:१४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook