Breaking News

Radio Star

तस्करीमा संलग्नहरूले भारतबाट मरेका बोइलर कुखुरा नेपालतिर तस्करी गर्ने गरेको पाइएको छ । भारतीय कुखुरासहित आठजना भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । नेपालमा भन्दा भारतमा बोइलर कुखुरा सस्तो पाइने भएकोले तस्करहरू विराटनगरमा मरेका कुखुरा ल्याई त्यसको मासु बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतीय सीमानाका जोगबनीहुँदै भारतीयहरूले मरेका कुखुरा झोलामा राखेर नेपाल ल्याई फ्रेस हाउस र होटलमा बिक्रीवितरण गर्दै आएको बुझिएको छ । नेपालमा भारतीय जिउँदो कुखुरा वा कुखुराको मासु ओसार–पसार तथा बिक्रीवितरण पूर्णरूपमा रोक लगाएको भए पनि तस्करहरूले खुल्ला सीमाको फाइदा उठाउँदै अवैधरूपमा कुखुराको तस्करी गर्दछन् ।

भारतबाट ल्याएको कुखुरामा प्रति केजीमा ८० देखि ९० रुपैयाँमा फाइदा हुने भएकोले तस्करहरूले कुखुरा मारेर ल्याउने गरेका छन् । विराटनगर सीमाक्षेत्रका फ्रेस हाउस र बजारक्षेत्रका होटलहरूले तस्करको माध्यमबाट कुखुरा आयात गर्ने गरेको बुझिएको छ । अवैधरूपमा भारतीय कुखुरा विराटनगर भिœयाउने क्रममा बोइलर कुखुरासहित आठजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । भारतबाट अवैधरूपमा कुखुरा ल्याउने क्रममा विराटनगर महानगरपालिका–१५ स्थित हुलास मेटलछेउबाट भारत विहार इस्लामपुर बस्ने २१ वर्षीया मो. सेनदेन, सोही ठाउँका २२ वर्षीय आजाद अली, २२ वर्षकै आजात अली, २२ वर्षिय मो. अजबुल, १७ वर्षीय मो. इरफान, १८ वर्षीय मुस्तक, १८ वर्षीय मग. डी मनु र १८ वर्षीय मो. मजेबुल पक्राउ परेका थिए । ‘अवैधरूपमा ल्याएकामध्ये धेरै कुखुरा मृत पाइएको छ’ डिएसपी श्रेष्ठले भने, ‘उत्तै कुखुरा मारेर नेपाल भिœयाउने गरेको पाइयो । ओसार–पसारमा संलग्न ८ जना भारतीय नागरिक पनि पक्राउ परे ।’ भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको १ सय ४४ वटा बोइलर कुखुरा आइतबार साँझ प्रहरीले बरामद गरेको थियो । आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन चेकपोष्ट विराटनगरमा पठाइएको र एक सयवटा कुखुरा मृत अवस्थाको रहेको डिएसपी श्रेष्ठले बताए । बर्डफ्लुको सङ्क्रमणपछि नेपालमा भारतीय पशुपंक्षी ओसार–पसारमा रोक लगाइएको छ । तर, पनि विराटनगरका कतिपय फ्रेस हाउस र होटलमा भारतीय सस्तो कुखुराको तयारी मासु नै अवैधरूपमा ल्याएर बिक्री हुने गरेकोे छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार ०८:२२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook